मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जतिबेला पनि हुनसक्छ तपाईंको गुगल एकाउन्ट ह्याक, यसरी सुरक्षित राख्नुहोस् आफ्नो पासवर्ड

काठमाडौं– यदि तपाईंलाई आफ्नो गुगल एकाउन्टको पासवर्ड बलियो राखेको भन्ने लाग्छ भने त्यो गलत हुन सक्छ ।

आजभोलि हामीले गुगल एकाउन्टमा धेरैजसो व्यक्तिगत जानकारी स्टोर गरिरहेका हुन्छौँ । कहिलेकाहीँ भने बलियो पासवर्ड राख्दा पनि तपाईंको एकाउन्ट ह्याक हुनसक्छ ।

साइबर सेक्युरिटी फर्म क्लाउडईएकेको एक रिपोर्ट अनुसार तपाईले प्रयोग गर्ने ब्राउजरको थर्ड पार्टी कुकीजका माध्यमबाट पनि तपाईंको जिमेल एकाउन्ट ह्याक हुन सक्छ ।

कुकीजका माध्यमबाट ह्याकरले तपाईंको पिछा गरिरहेका हुन्छन् । यसैका आधारमा तपाईंले प्रयोग गरिरहनुभएका वेबसाइटहरु पनि ह्याकरले थाहा पाउँछन् ।

ह्याकरले तपाईंले खोज्ने वेबसाइट अनुसारका विज्ञापनहरु तपाईंलाई देखाउँछन् । त्यसरी कुनै लिंक वा साइटका माध्यमबाट उनीहरुले गुगलको पासवर्ड पत्ता लगाउँछन् ।

तपाईंले कतिपय साइटमा गुगलको एकाउन्ट लगइन गरेर सीधै उक्त साइट लगइन गर्नुहुन्छ ।

यही माध्यमलाई आधार बनाएर गुगल अथेन्टिकेस गरेर कुकीजको सहायतामा ह्याकरले टु फ्याक्टर अथेन्टिकेसन बाइपास गर्छन् ।

यस्तो अवस्थामा तपाईँले टु फ्याक्टर अथेन्टिकेसन इनेबल गरे पनि ह्याकरले तपाईंको खाता ह्याक गर्छन् ।

रिपोर्टका अनुसार गुगललाई यस्तो त्रुटिबारे जानकारी गराइसकिएको छ । गुगलले पनि गुगल क्रोममा आफ्नो सुरक्षालाई थप बलियो बनाउने कोशिश गरिरहेको छ ।

यसबाट बच्नका लागि सबैभन्दा उत्तम विकल्प भनेको शंकास्पद साइटमा लगइन नगर्ने र यदि शंका लागेमा बरु कुनै अन्य प्रयोगमा नआउने गुगल एकाउन्ट प्रयोग गर्नु नै उत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?