मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८० साल चैत २८ गते बुधवारको राशिफल

काठमाडौँ– आज २०७८ साल चैत्र २८ गते बुधवार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार व्यक्तिको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष

आज हरेक क्षेत्र राम्रो छ । आकस्मिक खर्च बढ्ने देखिन्छ । दैनिकी चलाउनलाई दिन नराम्रो छैन । तर, ठूला काममा हात नहालेकै राम्रो हुन्छ ।

वृष

रोगले सताउने देखिन्छ। दिन त्यत्ति राम्रो नभएकाले प्रेमीसँगको सम्बन्धमा गढबढ हुनसक्छ । शत्रु भने परास्त हुनेछन् । राजनीति क्षेत्रमा राम्रो छ ।

मिथुन

नसोचेको सम्पत्ति आर्जन हुनसक्छ । यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ । साथीभाइबाट भने जोगिएर काम गर्नुहोला ।

कर्कट

बोलीमा मिठास हुनेछ। पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोगले सताउने भएकाले खानपान ख्याल गर्नुहोला ।

सिंह

सम्पत्ति बढ्नेछ । व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ । शिक्षाको लगानी उठ्ने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । बोल्दा भने ख्याल गर्नुहोला ।

कन्या

मुल त्रिकोणमा शुभ ग्रह रहेकाले दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ ।

तुला

बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा भने राम्रो नतिजा प्राप्त हुनेछ। झुटा आरोप लाग्ने भएकाले सचेत हुनुपर्नेछ।

वृश्चिक

आम्दानी र खर्च बराबर हुनेछ । गोपनीयतालाई सुरक्षित गर्नुहोला। दाम्पत्य जीवन सुखमय हुनेछ । पठनपाठनमा ढिलासुस्ती र आलश्य बढ्नेछ ।

धनु

आज संगठनमा राम्रो प्रभाव हुनेछ। साथीभाइले प्रशंसाा गर्नेछन् । पुराना अवरोध खुल्दै जानेछन् । मानसम्मान प्राप्त हुनेछ ।

मकर

मध्य साढेसात चलिराखेको छ । यो चले पनि आजको दैनिकी राम्रो छ । मनमा खुशी मिल्नेछ । पुराना साथीसँग भेट हुनेछ । गुम्न लागेको धन प्राप्त हुनेछ ।

कुम्भ

काममा ढिलासुस्ती हुनेछ । तर, आज मन खुशी नै हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट ठूलो फाइदा हुने देखिन्छ ।

मीन

दिन राम्रो छ । आकस्मिक लाभ हुनेछ । राम्रो हुँदाहुँदो अचानक रोग बढ्ने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?