मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

काठमाडौँ – पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थीति आएको बताएका छन्।

आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला संघ ९फेडो० ले संयुक्त रुपमा आयोजना गरेको ‘मूलधारका सञ्चार माध्यममा महिला सहभागिता र चुनौती’ विषयक कार्यक्रममा पत्रकार महिलाले पेसागत चुनौती र समस्या उजागर गरेका हुन् ।

राज्यले निर्धारण गरेको समावेशीमूलक सिद्धान्त अनुकूल मूलधारका सञ्चार माध्यम उदार हुन नसकेको उनीहरुको अनुभवले बताउँछ । समग्र पत्रकारिता नै सङ्कटमा परेको बेला पत्रकार महिला सबैभन्दा बढी जोखिममा रहेको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताइन् ।

सञ्चार माध्यममा महिला समावेशीको अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेकी सञ्चारीका समूहकी उपाध्यक्ष पवित्रा सुनारले आमसञ्चारमा सिमान्तकृत समुदायको सहभागिता अत्यन्त नाजुक रहेको तथ्य पेश गरिन् ।

महिला अधिकारकर्मी दुर्गा शोवले हरेक क्षेत्रमा अन्तर लैङ्गिक समानता आवश्यक रहेको बताइन् । प्रत्येक सञ्चार माध्यमको कार्य संरचनामा उक्त नीति प्रभावकारी ढङ्गले लागू हुुनुपर्नेमा उनले जोड दिइन् ।

दलित महिला संघ ‘फेडो’ को संस्थापक अध्यक्षसमेत रहेकी शोवले हरेक क्षेत्रमा जबसम्म समान सहभागिता रहँदैन तबसम्म समावेशी सिद्धान्त अपुरो रहने बताइन् । “चेतनशील सञ्चार माध्यम नै समावेशी सिद्धान्त अपनाउँदैनन् भने अरुको अवस्था कस्तो होला ? ” उनले प्रश्न गरिन् ।

‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तकका लेखक तारमणि सापकोटाले सञ्चार माध्यममा महिला सहभागिताको स्थिति तथ्याङ्गत रुपमा प्रष्ट पारेका थिए । “सञ्चार माध्यममा महिला सहभागिता न्यून त छ नै, त्यसमा पनि नेतृत्व तहगत भूमिका अझै कमजोर छ”, उनले भने, “समावेशी गर्ने प्रयत्न भए पनि प्रयाप्त छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?