काठमाडौँ – अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ । अभिनेत्री शर्माको एपेन्डिक्सका कारण आइतबार ललितपुर मेडिसिटी अस्पतालमा शल्यक्रिया गरिएको हो ।
सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन् । अस्पताल स्रोतका अनुसार आज सोमबार बेलुकासम्म अभिनेत्री शर्माको डिस्चार्ज हुने जनाइएको छ ।
आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । समाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी पूजाले डाक्टरको सल्लाहअनुसार अझै केही दिन बेडरेस्टमा रहने पनि बताएकी छन् ।
पूजाको विरामी अवस्थाबारे थाहा पाएपछि अभिनेता पल शाहले कमेन्टमै स्वास्थ लाभको कामना गरेका छन् । उनले भनेका छन्, ‘चाँडै निको होस् भन्ने प्राथना गर्छु, आफ्नो ख्याल राख्नू ।’
यसैबीच कलाकार र विभिन्न क्षेत्रका व्यक्तिले पूजाको स्वास्थ्यलाभको कामना गरेका छन् । कामको कुरा गर्दा पूजाको पछिल्लो फिल्म ‘उपहार स् द जर्नी अफ लाइफ’ हालै रिलिज भएको थियो । उनले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘रावायण’ छायांकन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया