काठमाडौँ – गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ ।
यी दुईको आपसी सहमतिमा चैत ७ गते सम्बन्ध विच्छेद भएको हो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।
अदालतको आदेशमा प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिएको भनिएको छ ।
यी दुईले वि.सं. २०७७ साउनमा बिहे गरेका थिए । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई कानूनी रुपमा बिहेमा परिणत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया