मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ साउथ फिल्म स्टार अल्लु अर्जुनको शरीर ‘फिट’ राख्ने रहस्य

मुम्बई– दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको स्टाइल र फिटनेसको खुबै चर्चा हुने गर्छ । उनको फिटनेसलाई जो कोहीले टक्कर दिन सक्दैनन् ।

उनले आफूलाई फिट राख्न फरक खालको रुटिन अपनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनी आफूलाई फिट राख्नका लागि खाली पेटमा दौडिने गर्छन् । उनले एक अन्तर्वार्तामा आफू ४५ मिनेटसम्म दौडिने गरेको बताएका थिए । यसो गर्दा आफ्नो शरीरलाई फाइदा हुने उनको तर्क थियो ।

साथै उनी आफूलाई फिट राख्न हप्तामा ८ पटकसम्म व्यायाम गर्छन् । शूटिङमा व्यस्त भएको समयमा भने उनी ३ देखि ४ पटकसम्म मात्र गर्छन् । साथै उनी जगिङ, साइकिलिङ र वेट लिफटिङ पनि हरेक दिन गर्छन् । साथै उनले पुश अप पनि गर्छन् ।

उनको भनाइ छ कि, यदि खानामा सन्तुलन मिलेन भने वर्कवाउट गर्नुको कुनै अर्थ छैन । त्यसकारण उनी खाना पनि उत्तिकै खान्छन् । त्यसमा बढी उनी हाई प्रोटिन डाइट लिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?