मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो झरना जहाँ कहिल्यै निभ्दैन आगो !

एजेन्सी– संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।

एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।

यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।

स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् । उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।

यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।

खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?