मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अजय देवगनले फिल्म ‘मैदान’ का लागि कति लिए पारिश्रमिक?

मुम्बई– अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘मैदान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् । जसमा अभिनेताले फुटबल प्रशिक्षक सैयद अब्दुल रहिमको भूमिका निर्वाह गरिरहेका छन् ।

यसैबीच, हामी तपाईंलाई फिल्मको सम्पूर्ण स्टार कास्टको शुल्कको बारेमा जानकारी गराउन गइरहेका छौं । खासमा सो फिल्मबाट कसले कति शुल्क लिए, जानौं ।

अजय देवगन

सबैभन्दा पहिले फिल्मका मुख्य नायक तथा बलिउडका सिंघम अजय देवगनको कुरा गरौं । जसले फिल्मका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । रिपोर्टका अनुसार अभिनेताले फिल्मका लागि ३० करोड रुपैयाँ लिएका छन् ।

प्रियमणी

साउथबाट बलिउडमा नाम कमाएकी अभिनेत्री प्रियमणी ‘मैदान’ मा सैयद अब्दुल रहीमकी पत्नीको भूमिका निर्वाह गर्दैछिन् । यसका लागि उनले २ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् ।

नितान्शी गोयल

अभिनेत्री नितान्शी गोयलले फिल्म  ‘मैदान’का लागि ३५ लाख पारिश्रमिक लिएकी छन् भने बलिउडका शक्तिशाली अभिनेता गजराज राव पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिने छन् । यसका लागि उनले ८५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

आर्यन भौमिक

अभिनेता आर्यन भौमिक फिल्म ‘मैदान’मा पनि महत्वपूर्ण भूमिकामा छन् । उनले फिल्मका लागि २० लाख पारिश्रमिक लिएका छन् ।

रुद्रनील घोष

अभिनेता रुद्रनिल घोषले अजय देवगनको फिल्म ‘मैदान’ मा २० लाख रुपैयाँ खर्च गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?