मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुम्बईदेखि दुबई जोड्ने पुल बनाउँदै भारत

जोयनेपाल
663
Shares
प्रतीकात्मक तस्वीर

काठमाडौँ – भारत यतिबेला मुम्बई देखि दुबई छोड्ने २ हजार किलोमिटर लामो पुल बनाउने महत्वकाक्षी योजनामा लागि परेको छ ।

इन्जिनियरिङको ऐतिहासिक उपलब्धिको रूपमा काम स्थापित हुने यो परियोजनाले दुई देशबीचको यात्रालाई सहज बनाउने मात्र नभई भारतीय अर्थतन्त्रलाई बढावा दिने उसको अपेक्षा छ । 

त्यस्तै यो भारतको पूर्वाधारको प्रगति र विकासको प्रमाण हुनेछ भने समुन्द्रमाथि बन्ने यो पुल अबको केही वर्षमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

भारतको द्वि देशीय राजमार्ग संघ भारत (ब‍ीएचएआई)ले यो योजना अनावरण समेत गरिसकेको छ । जुन पुलमा यात्रुहरूलाई सहज यात्रा गर्न पुलमा विश्राम स्थल, होटल र भोजनालय जडान गरिने छ ।

यात्रुहरूको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न, पुलमा नियमित अन्तरालमा सीमा सुरक्षा बलसहित राहदानी नियन्त्रण जाँच चौकी हुनेछ । यस्तै, त्यहाँ सबै यात्रुले कानुनी रूपमा युएईमा आफ्नो कार चलाउन सक्ने सुनिश्चित गर्न छुट्टै कार्यालय हुनेछ ।

यी बाहेक ग्राहकहरू के कस्ता सुविधा होस भन्ने चाहन्छन् भनेर ब‍ीएचएआई ले  ग्राहकहरूको सुझावहरूपनि आह्वान गरेको छ । 

अहिले चर्चामा रहेको यो परियोजना कार्यान्वयनमा कहिलेबाट जान्छ धेरैले उत्सुकतापूर्वक पर्खिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?