मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइक्रोसफ्ट पेन्टमा थपियो शब्दका आधारमा तस्वीर बनाउने एआई टुल

काठमाडौँ– प्रविधिको विकास र यसमा भइरहेको प्रतिस्पर्धासँगै माइक्रोसफ्टले विन्डोज ११ को पेन्ट एपमा इमेज जेनेरेटेड एआई फिचर उपलब्ध गराएको छ ।

माइक्रोसफ्ट विन्डोज ११ प्रयोगकर्ताले अब पेन्टमा यो सुविधा पाउने भएका छन् । यसअघि विन्डोज इन्साइडरमा मात्र यो फिचर उपलब्ध थियो ।

रिपोर्टका अनुसार ‘टेक्स्ट टु इमेज जेनेरेटर’ लाई ओपनएआईको ड्याल–ई थ्री मोडलबाट सञ्चालन गरिएको छ । यो टुल प्रयोग गरेर प्रयोगकर्ताले पेन्टमा निर्देशन दिन सक्नेछन् । एआईले तीनवटा विकल्पसहित शब्दका आधारमा तस्वीर बनाउनेछ ।

च्याटजीपीटीको विकाससँगै अहिले प्रविधिका ठूला कम्पनीहरुले एआई मोडलमा आधारित नयाँ टुलहरुको विकास गरिरहेका छन् । माइक्रोसफ्टले पनि आफ्ना उत्पादनहरुमा एआई टुललाई महत्त्व दिइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?