मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जम्दै दयाहाङ र मिरुनाको जोडी, लगानी गर्न निर्माताको होड

काठमाडौँ – ‘कबड्डी ४’बाट जोडिएका दयाहाङ राई र मिरुना मगरको जोडी पछिल्लो समय नेपाली सिनेमा रुचाइएको जोडी बन्न सफल भएको छ ।

उनीहरूको ‘केमेस्ट्री’ दर्शकले मन पराउने तथा उनीहरूको जोडी रहेको फिल्म धमाधम सफल हुन थालेपछि निर्माता निर्देशकको रोजाई को जोडी भएका हुन । 

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ मा यो जोडिलाई जम्दा यो फिल्म बर्षकै सर्वाधिक सफल चलचित्र बन्यो ।

त्यसपछि यो जोडी ‘नांगो गाउँ’मा देखिएको थियो । यो फिल्म पनि बक्स अफिसमा ‘हिट’ भएपछि त निर्माता दया र मिरुनालाई फिल्मको ओइरो लागेको छ । 

अहिले बजारमा नाम सार्वजनिक भएको कम्तीमा आधा दर्जन फिल्ममा दया र मिरुनाले सँगै काम गर्दैछन् । जसमध्ये दयाहाङका पाइपलाईनमा १९ र मिरुनासंग आधा दर्जन फिल्म रहेको बताइन्छ । 

जसमध्ये  ‘उनको स्विटर’मा मात्र दया र उनको जोडी देखिनेछैन भने ५ वटामा दयाहाङ राई नै उनको साथमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?