मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामायणको छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक

काठमाडाैँ – हालै नितेश तिवारीको फिल्म रामायणको सेटका केही तस्विर र भिडियो भाइरल भएका छन् । सेटमा भएको यो घटना नितेश तिवारीलाई पटक्कै मन परेन । यस्तो अवस्थामा यो घटनापछि उनीहरुले सेटमा फोन लिन नपाइने नीति लगाएका छन् ।

जानकारीका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी र टोलीलाई सेट बाहिर ननिस्कन निर्देशन पनि दिएको छ ।

समाचार स्राेतका अनुसार आवश्यक स्टार र प्राविधिकलाई मात्र सेटमा बस्न भनिएको छ । अरु सबैलाई प्रवेशमा रोक लगाइएको छ । केही दिनअघि सेटका केही तस्विर भाइरल भएका थिए ।

फिल्ममा अरुण गोविल राजा दशरथको भूमिकामा देखिने तस्बिरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरेकी छिन् ।

अरुण गोभिल राजा दशरथको भूमिकामा देखिएका छन् । उनीसँगै दुई बाल कलाकार पनि देखिएका छन् । यी दुवै बाल कलाकारले भगवान राम र लक्ष्मणको बाल्यकालको भूमिका निर्वाह गरिरहेका छन् ।

जानकारीका अनुसार लारा दत्त रानी कैकेयीको भूमिकामा छिन् । लारा बैजनी रंगको साडी र सुनका गहना लगाएकी थिइन् ।

सेटको यो भिडियो पनि भाइरल भएको छ, जसमा सुटिङको तयारी भइरहेको देखिन्छ । फिल्मसिटीमा गुरुकुलको सेट तयार भइसकेको बताइएको छ ।

यहाँ फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरुले सुटिङ गरिरहेका छन् ।

चाँडै रणवीर कपुरले पनि यो फिल्मको छायांकन सुरु गर्नेछन् । निर्माता र उनको टोली रणवीरको कुनै पनि वास्तविक फुटेज लीक नहोस् भन्ने चाहन्छन्। यही कारणले उनीहरुले सेटमा आफ्नो बडी डबल राख्ने पनि सोचिरहेका छन् ।

चलचित्र रामायणलाई निर्माण पक्षले ३ भागमा रिलिज गर्ने भएको छ । पहिलो भाग अर्को वर्षको दोस्रो आधासम्ममा रिलिज हुने अपेक्षा गरिएको छ ।

फिल्ममा रणवीरका अलावा साई पल्लवी आमा सीताको भूमिकामा छिन् । जहाँ केजीएफ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

यस बाहेक रवि दुबे लक्ष्मणको भूमिकामा र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । यद्यपी निर्माताहरुबाट आधिकारिक घोषणा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?