मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा आधारित सडक नाटक ‘हण्डर’ मञ्चन

काठमाडाैँ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा आधारित सडक नाटक ‘हण्डर’ मञ्चन गरिएकाे छ ।

मितिनी नेपालको आयोजनामा शनिवार काेशी प्रदेशको झापा, बिर्तामोडमा सडक नाटक
मञ्चन गरिएको हाे । नाटकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोगिरहेको समसामयिक विषयवस्तुहरुलाई उठान गरिएकाे थियाे ।

मितिनी नेपालकाे अनुसार समाजमा जनचेतना फैलाउने उद्देश्यले प्रर्दशन गरिएको सडक नाटकले समाजमा भइरहेको र घटिरहेको कुराहरुलाई चित्रण गरी नाटकीय ढंगले प्रस्तुत गरिएको थियाे ।

उक्त नाटकले मानव अस्तित्व भित्रको विविधतालाई स्वीकार गर्न नसक्दा के कस्ता घटनाहरु समाजमा घट्न सक्छ र के कस्ता समस्याहरु सृजना गर्न सक्छ भन्ने कुराहरुलाई दर्शाएको थियो ।

नाटकको मुख्य पात्रको रुपमा जन्मदा महिला यौनाङ्ग भइ आफुलाई ट्रान्सम्यानको रुपमा परिभाषित गर्ने सुमनको संघर्षको कथा र समुदायका व्यक्तिले भोग्नु परेको पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक विभेदलाई नाटक मार्फत् प्रभावकारी ढंगले उतारिएको थियो ।

सडक नाटकमा स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेकाे थियाे । कार्यक्रममा १२ जना कलाकार र मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलान र कार्यकारी निर्देशक सरीता के.सी. को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?