– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने । नुहाएपछि नरिवलको तेल लगाउने । अनुहार धोएपछि मस्चराइजर लगाउने ।
– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मस्चराइजर लगाउने । जेल बेस मस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने ।
– सुक्खा छाला छ भने क्रिम बेसमा मस्चराइजर प्रयोग गर्ने ।
– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने ।
– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।
– राति सुत्ने वेला मुख धोएर सधैँ मस्चराइजर लगाउने ।
– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।
– खानपानमा विशेष ध्यान दिने । फलफूल खाने, पर्याप्त पानी पिउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया