मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ध्यान कसरी गर्ने ?

काठमाडौं- ध्यान त्यस्तो उपाय हो जसलाई हामी आफ्नो चित्त शान्ति, तनाव निवारण र राम्रा गुणहरूको विकासका लागि उपयोग गर्न सक्छौं।

ध्यानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मेरुदण्ड सीधा राखेर आफूलाई सहज हुने आसनमा बस्नु हो । काँध, गर्दन, र अनुहारका मांसपेशीहरू शिथिल हुनुपर्छ ।

श्वास लिएको र छाडेको प्रक्रियामा ध्यान केन्द्रित गर्ने र श्वासप्रश्वास गर्दा शारीरिक चालको अवस्था हेर्ने अनि आफ्नो छाती, काँध, करङ तथा पेट हेर्ने । ध्यान अन्यत्र जान थालेमा पुनः श्वासप्रश्वास प्रक्रियामा केन्द्रित गराउन सकिन्छ यसरी ध्यान गर्दा सुरुमा २ देखि ३ मिनेटसम्म गर्ने र बिस्तारै लामो समयसम्म गर्न सकिन्छ ।

शुरुवातमा छोटो समय मात्र ध्यान गर्ने सुझाव दिइन्छ । तीनदेखि पाँच मिनेट पनि पर्याप्त हुन्छ । त्योभन्दा लामो समय एकै कुरामा मन केन्द्रित गरेर बस्न गाह्रो हुन्छ । एकैपटक लामो समय बस्न खोज्दा मन चारैतिर डुल्ने, अनेक कल्पनामा हराउन थाल्ने, अथवा निदाइने हुन सक्छ ।

हाम्रो बानी सधैं आफ्नै कल्पनामा उडिरहने खालको छ भने श्वासमा ध्यान गर्नाले चित्तलाई केन्द्रित गर्न मद्दत पुग्छ । सामान्य तरिकाले प्राकृतिक रूपले श्वास प्रश्वास गर्नु उचित हुन्छ l

मन्त्र उच्चारण गर्दै ध्यान गरेको भए मन्त्र दोहर्याइरहने वा प्रार्थनामा नै सीमित हुनुपर्छ ।

हामीले नियमित रुपमा ध्यानको अभ्यास गर्ने गरेका छौं भने सकारात्मक मनोभावहरू हाम्रो बानी बन्छन् जसलाई हामी जतिबेला पनि आफ्नो आवश्यकता अनुसार उपयोगमा ल्याउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?