मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी शुरु

काठमाडौं- झापाको दमकमा भूटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

शरणार्थीको रेखदेखमा संलग्न शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (युएनएचसीआर) र दमक नगरपालिकाको संयोजनमा आयोजना गरिएको फोटो प्रदर्शनी यही चैत २९ गतेसम्म चल्नेछ ।

युएनएचसीआर नेपालका प्रवक्ता रोशन नेपालले शरणार्थीको इतिहास तथा मानव अधिकारप्रति नेपाल सरकार र शरणार्थी दातृ निकायले गर्ने कामलगायत उनीहरुको जीवन भोगाइका विषयमा जानकारी गराउने ध्येयले फोटो प्रदर्शनी आयोजना गरिएको बताए ।

नेपालमा बस्दै आएका भूटानी शरणार्थीका फोटो प्रदर्शनीमा राखिएका छन् । फोटो प्रदर्शनीले उनीहरूको आशा, चुनौती र नेपालमा मानवीय समुदायले गरेका प्रयासलाई प्रकाश पार्ने आयोजकको अपेक्षा छ ।

दमक नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित उक्त फोटो प्रर्दशनीको अवलोकन निःशुल्क रुपमा गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?