मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डाटा सेन्टर भनेको के हो ? कसरी दिन्छन् डिजिटल प्लाटफर्महरू २४ घण्टै सेवा 

काठमाडौँ–  आजभोलि प्रायजसो सबै व्यक्तिले डिजिटल प्लाटफर्मको प्रयोग गर्छौ । इन्टरनेटको प्रयोगमार्फत हामीले आफूलाई आवश्यक परेका सूचना तथा जानकारी २४ सै घण्टा सजिलै लिन सक्छौँ ।

सामान्य अर्थमा भन्नुपर्दा हामीले कुनै पनि एप्लिकेशन अथवा वेबसाइट चलाउँदा दिउँसो राति जति बेला पनि चल्छ । तर कहिलेकाहीँ हाम्रो दिमागमा डिजिटल प्लाटफर्महरुले कसरी २४ सै घण्टा  काम गर्छन् भन्ने प्रश्न पनि आउन सक्छ ।

तर डिजिटल प्लाटफर्महरुमा तपाई हामीले सोचेजस्तो अनलाइनको व्यापार व्यवसाय वा किराना पसल जस्तो निश्चित समयमा चलाउन र बन्द गर्ने भन्ने हुँदैन । यीनलाई २४ घण्टा सञ्चालन गराउन सकिने बनाइएको हुन्छ ।

यसको लागि डिजिटल प्लाटफर्महरुलाई डेटा सेन्टरले भूमिका खेल्छ । डेटा सेन्टरले २४ घण्टा सबै डिजिटल सेवाहरूलाई लाइभ एक्सेस प्रदान गर्ने गर्दछ । 

डाटा सेन्टरमा डिजिटल डाटाहरू स्टोर गरिएका हुन्छन् । डेटा सेन्टर भनेको मेमोरी अर्थात् स्टोर गर्ने ठूलो भाँडो जस्तै हो ।

जहाँ हामीले हेर्ने भिडिओ अथवा अडिओ, फोटो वेबसाइट लगायतमा प्रयोग हुने सबै सामाग्रीहरू भण्डारण गरेर राखेको हुन्छ । जसबाट प्रयोगकर्ताले जतिसुकै बेला पनि उक्त डाटा एक्सेस गर्न सक्छ । 

जसका लागि डिजिटल प्लाटर्फमले आफूलाई आवश्यक पर्ने होस्टिङको लागि डेटा सेन्टरमा निश्चित स्थान खरिद गरेको वा आफ्नै डेटा सेन्टर पनि राखेका हुन्छन् । 

यस्तो होस्टिङ प्रदायकले वेबसाइटलाई २४ घण्टा होस्ट अथवा रन गरिरहेको हुन्छन् । जस कारण हामीले जुनसुकै बेला हेर्न मिल्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?