काठमाडौँ– गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी परेको छ ।
उनीविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
‘उहाँको नाममा वैवाहिक बलात्कारको मुद्दा परेको छ, मुद्दा परेपछि हामीले अनुसन्धान थालेका छौँ,’ प्रहरी उपरीक्षक जोशीले जोय नेपालसँग भने ।
जोशीका अनुसार उनकी श्रीमतीले बुधवार उनीविरुद्ध वैवाहिक बलात्कारको उजरी दिएकी थिइन् । गायक ओड अझै सम्पर्कमा आएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया