काठमाडौँ – प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ तेस्रो हप्तामा प्रवेश गरेको छ ।
मध्यरातसम्मै शो थप्नु पर्नेसम्मको अवस्था सिर्जना गरेकाे फिल्मले नेपालसँगै विदेशमा समेत आक्रामक व्यापार गरिरहेको छ ।
फिल्मले अहिलेसम्म १०.१४ करोडको व्यापार गरेको छ । फिल्मको प्रचारको आधार बनेका हरिवंश आचार्यले शुक्रबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् ।
अब परीक्षा सकेका विद्यार्थीको घुइँचो पनि हलमा देखिन थालेकाले फिल्मले आशातीत व्यापार गर्ने अपेक्षामा निर्माण टिम छ ।
चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया