काठमाडौँ– कविता नेपाली मोडल तथा डान्सर हुन् । साथै उनी नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत हुन् । सन् २०१८ मा ‘बुगी वुगी’ विजेता बनेपछि उनी नृत्यका क्षेत्रमा एकाएक जमिन् ।
सर्लाहीकी कविताले फिटनेस र मोडलिङमा समेत उत्तिकै रुचि राख्छिन् । म्युजिक भिडियोमा व्यस्त कविता सामाजिक सञ्जालमा समेत सक्रिय छिन् । साथै कविताले आफ्नो दैनिकीलाई युट्युबमा भ्लग निर्माण गरेर समेत शेयर गरेकी हुन्छिन् ।
उनले फिल्म ‘एक्लो’ बाट फिल्ममा समेत डेब्यु गर्दैछिन् । यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्दैछिन् ।
मोडल/कलाकार: कविता नेपाली
मेकअप: जावरिया मेकअप स्टुडियो
ड्रेस डिजाइन: कुसुम क्रियसन
स्टुडियो: केडीनाइन स्टुडियो