मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो फाइभजी ?

काठमाडौँ– सन् २०१९ अप्रिल ३ मा दक्षिण कोरियाको दूरसञ्चार प्रदायक एसके टेलिकमले विश्वमै पहिलो पटक व्यावसायिक फाइभजी सेवा थालेको थियो । एरिक्सन मोबिलिटी रिपोर्ट अनुसार २०२३ को अन्त्यसम्म विश्वभर फाइभजीका १.४ अर्ब प्रयोगकर्ता थिए ।

फोरजीको तुलनामा फाइभजी निकै महङ्गो प्रविधि हो । नेपालमा भने यो प्रविधि अहिलेसम्म व्यावसायिक रुपमा भित्रिएको छैन । नेपाल टेलिकमले यसको परीक्षण गरिरहेको छ ।

धेरै काम क्षणभरमै गर्न सक्ने फाइभजी तीव्र गतिको इन्टरनेट हो । सन् १९८० मा सबैभन्दा पहिला इन्टरनेटको पहिलो पुस्ता अर्थात वानजी आएको मानिन्छ । त्यसपछि सन् १९९० मा दोस्रो पुस्ता अर्थात टुजी आयो । यसमा कल, म्यासेजसँगै जीपीआरएस पनि चलाउन मिल्ने सुविधा थियो ।

सन् २००३ मा तेस्रो पुस्ता अर्थात थ्रीजीले नेटवर्कको दुनियाँमा ठुलो परिवर्तन ल्यायो । यसपछि सन् २००९ मा नेटवर्कको विकास थप एक कदम अगाडि बढ्यो । त्यस बेला फोरजी आएको थियो । फोरजी नेटवर्क आएसँगै एचडी क्वालिटीको भिडिओ कल र हाई डेफिनेसन गेमहरू अनलाइनमै खेल्न सम्भव भयो ।

फाइभजी इन्टरनेट भने फोरजीको तुलनामा धेरै गुणा बढी फास्ट हुने बताइएको छ । भनिन्छ, फाइभजीमा मसिनहरुले आपसमा कुराकानी गर्ने र कमान्ड दिएकै भरमा अनेकौं काम सम्भव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?