मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकपछि अर्को गर्दै ८ सिक्वेलमा काम गर्दै अजय देवगन

काठमाडौँ– अजय देवगनका फिल्म ‘दे दे प्यार दे’ र ‘सन अफ सरदार’ निकै हिट भएका थिए । अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै शरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन शुरु गर्नेछन् ।

रिपोर्टका अनुसार अजय देवगनले जुनदेखि लन्डनमा ‘दे दे प्यार दे- २’ र ‘सन अफ सरदार- २’ को सुटिङ शुरु गर्नेछन् । अहिले उनी ‘सिंघम अगेन’ र ‘रेड- २’ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मे महिनामा पूरा हुने भारतीय सञ्चार माध्यमले जनाएका
छन् ।

यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले ‘दे दे प्यार दे- २’ र त्यसपछि ‘सन अफ सरदार- २’ को सुटिङ गर्नेछन् ।

‘दे दे प्यार दे- २’ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् ।

रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म ‘सन अफ सरदार- २’ को लागि ल्याइएको छ ।

अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड- २, दे दे प्यार दे- २, सन अफ सरदार- २, गोलमाल- ५, सिंघम अगेन, धमाल- ४, दृश्यम- ३ र शैतान- २ मा देखिनेछन् ।

अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ ।

फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?