मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा टाटा मोटर्सले बेच्यो सबैभन्दा बढी विद्युतीय गाडी

काठमाडौं – भारतमा टाटा मोटर्सले सबैभन्दा बढी विद्युतीय गाडी बेचेको छ। सन् २०२३मा विद्युतीय गाडीको तथ्यांक सार्वजनिक गर्दै सबैभन्दा बढी टाटाको बिक्री भएको उल्लेख छ।

एक वर्षमा टाटाले ५९ हजार ५ सय ८० युनिट इभी बिक्री गरेको छ। यस्तै दोस्रोमा एमजी मोटर इन्डियाले ९ हजार ४ सय ३० युनिट इभी बिक्री गरेको छ। महिन्द्राले भने ४ हजार २ सय १ युनिट इभी बिक्री गरेर तेस्रो स्थानमा रहेको छ।

भारतमा सन् २०२२ मा ३८ हजार २५७ युनिट मात्र इभी बिक्री भएको थियो। तर, २०२३ मा भने १ सय १४ प्रतिशतसम्मले बढेर ८१ हजार ८ सय ७० युनिट इभी बिक्री भएका छन्।

यसमा लक्जरी इभी बिक्री गर्नेमा बीएमडब्लु अगाडि छ। यो कम्पनीले एक वर्षमा १ हजार २८० युनिट लक्जरी इभी बिक्री गरेको हो। भारतमा लक्जरी इभी कुल २ हजार ५८२ युनिट बिक्री भएका छन्। जसमा अन्य ब्रान्ड भोल्भो इन्डियाले ५ सय ५३ युनिट, मर्सिडिज बेन्चले ५ सय ५ युनिट, आउडीले १ सय ४० युनिट, पोर्से ९५ युनिट र ज्यागुआर ल्यान्ड रोभरले ९ युनिट लक्जरी इभी बिक्री गरेका छन्।

यस्तै बीवाइडीले एक वर्षमा भारतमा १ हजार ९ सय ९७ युनिट गाडी बेचेको छ। कम्पनीले विश्व बजारमा ३० लाख गाडी बिक्री गर्दा भारतमा भने बीवाइडीको बिक्री न्यून छ। यसैगरी हुन्डाईले १ हजार ५९७ युनिट र कियाले ४ सय ३६ युनिट मात्र इभी बिक्री गर्न सफल भएको छ। भारतमा एक वर्षमा ४१ लाखभन्दा धेरै सवारीसाधन बिक्री भएको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?