काठमाडौँ – एउटा फिल्म बनाउन कति समय लाग्छ ? १ महिना दुई महिना वा वर्ष दिन भन्दा बढी ? यसको जवाफ ठ्याक्कै छैन ।
तर हलिउडमा दशक भन्दा बढी समय लगाएर बनाएका फिल्महरू समेत रहँदा सामान्यतया २ महिना कम समयमा कमै फिल्म बन्छन् ।
तर तपाईँलाई यो सुनेर अचम्म लाग्न सक्छ बलिउडमा १० दिनमा तयार भएको फिल्म समेत छ । आज हामी यस्तै छोटो समयमा बनेका फिल्महरूका बारेमा जानकारी दिँदै छौ ।
हरामखोर
हरामखोर श्लोक शर्मा द्वारा निर्देशित २०१५ को भारतीय रोमान्टिक ड्रामा ब्ल्याक कमेडी फिल्म हो। यसमा नवाजुद्दीन सिद्दीकी र श्वेता त्रिपाठीको अभिनय रहेको छ । जसलीन रोयल सङ्गीतकार हुन् । यो फिल्म १६ दिनमा छायाङ्कन सकिएको थियो ।
धमाका
बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘धमाका’ ओटीटी प्लेटफर्ममा रिलिज गरिएको थियो । कोरोना कालको समयमा हलहरु बन्द रहेका बेला बनेको यो फिल्म कोरियन फिल्म ‘द टेरर लिभ’को हिन्दी रिमेक हो। जसलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको थियो । ओटीटीमा महँगो दाममा बिक्री भएको यो फिल्म १० दिनमा छायाङ्कन सकिएको थियो ।
जोली एलएलबी २
यो फिल्म कोर्टरूम ब्ल्याक कमेडी ड्रामा फिल्महरूको शृङ्खला हो, जसलाई सुभाष कपूरको लेखन र निर्देशन रहेको यो फिल्म फक्स स्टार स्टुडियोद्वारा निर्माण गरिएको हो । अक्षयकुमारको मुख्य भूमिका रहेको यो फिल्म ३० दिनमा छायाङ्कन सकिएको थियो ।
तनु वेड्स मनु रिटर्न्स
कंगना रनौत र आर माधवन अभिनित फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’ सन् २०११ मा रिलिज भएको आनन्द एल रायको सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ को सिक्वेल हो । आनन्द एल रायले निर्देशन गरेको यो फिल्म पनि एक महिनामै छायाङ्कन सकिएको थियो ।
आर्टिकल १५
यो फिल्ममा कम बजेटमा हिट फिल्म दिन माहिर मानिने बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका छ । सन् २०१४ मा भारतको उत्तर प्रदेश राज्यको बदायुंमा दुई दलित नाबालिक बालिकाको सामूहिक बलात्कारपछि गरिएको हत्यामा आधारित यो फिल्मको छायाङ्कन ३९ दिनमा सकिएको थियो ।
हाउसफुल ३
यो बलिउडको सुपरहिट सिक्वेल हाउसफूलको तेस्रो संस्करण हो। साजिद–फराद सामजीको फिल्मको लिड रोलमा अक्षय कुमार, अभिषेक बच्चन, रितेष देशमुख, नरगिस फाकरी, लिसा हेडन र ज्याकलिन फर्नान्डेज रहेका छन्। यो फिल्म ३८ दिनमा सकिएको थियो ।
गुलाबो सिताबो
सुजित सरकारले निर्देशन गरेको यो फिल्ममा अभिताभ बच्चनको मुख्य भूमिका छ । फेमिली–कमेडी–ड्रामा यो फिल्म सन् २०२० मा रिलिज भएको थियो । यो फिल्म २२ दिनमा सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया