मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको बढुवा, काे–काे परे ?

काठमाडौँ– नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएको छ ।

बढुवा समितिको हिजो बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको प्रधान कार्यालयले जानकारी दिएको हो । 

बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्ष), ऋषिराम घर्ती मगर (इलाका प्रहरी कार्यालय ठाडा दह, अर्घाखाँची), दीपक मल्ल (ट्राफिक प्रहरी कार्यालय कैलाली) छन् ।

यस्तै, नवीन पौडेल (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर ६ सूचना सङ्कलन, विश्लेषण र अभिलेख व्यवस्थापन), योगेन्द्र तिमिल्सिना (लागू औषध नियन्त्रण ब्यूरो सूचना सङ्कलन तथा सुराकी शाखा कोटेश्वर), गुणराज बुढाथोकी (अपराध अनुसन्धान विद्यालय तालिम शाखा महाराजगन्ज) लगायतको डिएसपीमा बढुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?