मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन आउँछ पसिना ? कसरी पाउने छुटकारा ?

हाम्रो शरीरमा एक्राइन र एपोक्राइन नामक दुई वटा ग्रन्थिका कारण पसिना आउँछ । जब हाम्रो शरीर तातो हुन्छ, यी ग्रन्थिहरूले छालामा तरल पदार्थ निकाल्छन् । यसलाई नै पसिना भनिन्छ ।

शरीरको तापक्रम कायम राख्न पसिना निस्कनु अति जरुरी पनि छ । यी ग्रन्थि हाम्रो शरीरभरि नै हुन्छ । त्यसैले शरीरको हरेक अङ्गबाट पसिना आउन थाल्छ ।

पसिनामा गन्ध आउँदैन । तर शरीरमा रहेका ब्याक्टेरिया एपोक्राइन ग्रन्थिबाट निस्कने पसिनासँग सम्पर्कमा आउँछन्, तब पसिनाबाट गन्ध आउन थाल्छ । अर्थात् शरीरमा रहेका ब्याक्टेरिया पसिनामा दुर्गन्ध आउनुको कारण हुन् ।

कसैको पसिनाको दुर्गन्ध निकै धेरै हुन्छ भने कसैको कम । यस्तो किन हुन्छ त ? सामान्यभन्दा बढी पसिना आउनु भनेको हाइपरहाइड्रोसिसको सङ्केत हुन सक्छ ।

यस्तो स्थिति बिना कारण उत्पन्न हुन सक्छ । तर उपचार गर्न सकिन्छ । यो अवस्थाका कारण धेरैलाई अत्यधिक पसिना आउँछ र उनीहरूको पसिनाबाट दुर्गन्ध आउने हुन सक्छ ।

कुनै प्रकारको सङ्क्रमण, हाइपर थाइराइडिज्म, तनाव, केही औषधि र मदिरा सेवनका कारण पनि सामान्यभन्दा बढी पसिना आइरहेको हुन सक्छ ।

केही खानेकुरा र पेय पदार्थहरूले हाम्रो शरीरको गन्धलाई पनि प्रभावित बनाउँछन् । ब्रोकाउली, बन्दा गोभी र फूल गोभी जस्ता क्रुसिफेरस तरकारीहरूले ग्यास उत्पादन गर्दछ ।

यसको सेवनबाट पनि शरीरमा दुर्गन्ध आउन सक्छ । खाएको लसुन र प्याज टुक्रिएपछि सल्फर जस्ता यौगिकहरू निस्कन्छन् । यी यौगिकहरू छालामा भएका छिद्रबाट बाहिर निस्कन्छन् ।

जसका कारण तपाईँको पसिनाबाट दुर्गन्ध आएको हुन सक्छ । यसको अलावा माछा र अन्य समुद्री खानाको सेवनले पनि शरीरबाट दुर्गन्ध आउन सक्छ ।

पसिनाको दुर्गन्धबाट कसरी पाउने छुटकारा ?

यस्तो समस्याबाट बच्न दैनिक रूपमा साबुन पानीले नुहाउनुपर्छ । नुहाउँदा सुगन्धित साबुन प्रयोग गर्न सकिन्छ ।

काखी र अन्य हिस्सामा भएका रौँहरू खौरिएर पनि पसिनाको दुर्गन्ध कम गर्न सकिन्छ । केही डिओडोरेन्टले केही घण्टाको लागि शरीरको गन्धलाई रोक्न मद्दत गर्छन् ।

जिम वा अत्यधिक पसिना आउने खालका अन्य शारीरिक गतिविधि वा परिश्रमपछि नुहाएर पनि पसिनाको दुर्गन्धबाट धेरै हदसम्म राहत पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?