काठमाडौं । पिसाब धेरै बेर रोकिराख्ने बानी छ ? कहिलेकाहीँ कुनै बाध्यताले पनि लामो समय पिसाब रोकिराख्ने अवस्था आउन सक्छ । पिसाब रोक्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले स्वास्थ्यसम्बन्धी धेरै समस्या निम्त्याउछ । तर हामी कहिलेकाहीँ यस्तो परिस्थितिमा हुन्छौं ।
पिसाबको महसुस भए पनि गर्न भने पाउँदैनौं । हामी यसलाई रोकेर राख्छौं । कहिलेकाहीँ रोक्दा खासै फरक पर्दैन। तर प्रायः यस्तै गर्ने बानी छ भने यसले समस्या निम्तिँदै जान्छ।
साधारण मूत्रथैलीमा करीब ८ गिलास पानी बराबर १८९२.७ मिलिलिटर अटाउँछ । धेरैबेरसम्म पिसाब रोक्नाले हाम्रो पिसाबथैली फुल्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईलाई तुरुन्तै पिसाब फेर्न आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ’।
तपाईले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौलामा सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ।
पिसाब रोक्दा के हुन्छ ?
मिर्गौलामा पत्थरी – लामो समयसम्म पिसाब रोकेर राख्ने बानीका कारण पिसाब थैली, मिर्गौला वा पिसाब नली पोल्न सक्छ। पिसाबमा हुने मिनरल एकत्रित भएर मिर्गौलामा पत्थरी हुन सक्छ।
पिसाब नलीमा संक्रमण – पिसाबलाई धेरै बेरसम्म रोक्नाले यसले ब्याक्टेरियालाई बढाउने काम गर्छ। थोरै पानी पिउने बानी छ भने पनि यसले पिसाब नलीमा संक्रमण हुन सक्छ। संक्रमण भएपछि पिसाब पोल्ने, तल्लो पेट दुख्ने, पिसाबबाट गन्ध आउने, पिसाबको रङमा परिवर्तन हुने, पिसाबमा रगत देखिनेजस्ता समस्या उत्पन्न हुन्छ।
पिसाब चुहिने समस्या – लामो समयसम्म पिसाब रोकेर राख्नाले पेल्भिक मसल्समा हानि पुग्न सक्छ। यो मसल्सले पिसाबको बाटो रोकेर राख्छ। युरिन इन्फेक्सनको कारण मसल्समा समस्या हुन सक्छ।
पिसाबको महसुस – पिसाब थैलीमा तीन सय एमएल पिसाब एकत्रित भएमा हामीलाई पिसाब गर्न मन लाग्छ। चार सयदेखि पाँच सय एमएल एकत्रित भएमा हामीलाई पिसाब गर्न तीव्र इच्छा हुन्छ। तीव्र इच्छा भएपछि पनि धेरै समयसम्म पिसाब रोक्नु समस्या निम्त्याउनु हो।
इन्टरस्टिसियल साइस्टिटिस – यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टरस्टिसियल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया