काठमाडौँ – दुई चर्चित चिनियाँ सङ्गीतकर्मीले लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा प्रस्तुति दिने भएका छन् ।
शुक्रबार र शनिबार आयोजना हुन लागेको सो महोत्सवमा चिनियाँ कलाकार लु निङ र उलान तुयाले गायिका आनीछोइङ डोल्मासंगै प्रस्तुति दिन लागेका हुन् ।
काठमाडौँस्थित चिनियाँ दूतावासले जानकारी दिएको जानकारी अनुसार लु निङले गुकिन भनिने तीन हजार वर्षभन्दा बढीको इतिहास भएको प्राचीन चिनियाँ सङ्गीत वाद्य यन्त्र बजाउनेछिन् ।
त्यस्तै महोत्सवमा चिनियाँ लोक गायिका उलान तुयाले पनि प्रस्तुति दिनेछिन् । उनको आवाजलाई घाँसे मैदानको स्वर्गीय आवाजको रूपमा पनि वर्णन गरेको पाइन्छ । मंगोलियनमा तुयाको अर्थ आकाशको सुन्दर घाम भन्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया