मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाम फेर्न  संस्थागत विद्यालयहरूलाई काठमाडौँ महानगरको अल्टिमेटम

काठमाडौँ – काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न साता दिनको समय दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै त्यस्ता संस्थागत विद्यालयहरूले सात दिन भित्र नाम परिवर्तन गर्न आग्रह गरेको छ । साथै महानगरले सात दिन भित्र नाम परिवर्तन नगरेमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ ।

महानगरले भनेको छ- 

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि (७ दिन) मा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानुन बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ। अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?