काठमाडौँ – ‘द बुल’ घोषणा भएयता नै चर्चाको केन्द्रमा रहेका सलमान खानले सो फिल्म छोडेको हल्ला चलेको छ ।
‘टाइगर ३’ पछि नयाँ प्रोजेक्टमा काम गरिरहेका सलमान आगामी फिल्म ‘द बुल’ मा देखिने तयारीमा थिए ।
भारतीय मिडियामा आएका समाचारका अनुसार सलमान खानले विष्णुवर्धनको निर्देशन र करण जोहरको लगानीमा बन्न लागेको ‘द बुल’मा खेल्न अस्वीकार गरेका छन् ।
यसमा फिल्मको सुटिङको मिति निश्चित गर्ने विषयमा उनीहरुले गरिरहेको अलमललाई कारण मानिदा सलमानले यो फिल्मको सुटिङका लागि दिएको डेट साजिद नाडियाडवालाको फिल्मलाई दिएको खबरहरू आइरहेका छन् ।
यद्यपि अफवाहबारे सलमान वा द बूलका निर्माताहरुले केहि पनि बताएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया