मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी मौसममा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

जाडो मौसमको तुलनामा गर्मी याममा मानिसहरू धेरै मात्रामा बिरामी पर्दछन् । यसकारण हामीले यो मौसममा थप सजगता अपनाउन आवश्यक छ । 

यस्ता छन् गर्मी मौसममा लाग्ने रोगहरू र बच्ने उपाय :

झाडापखाला

दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरा लगायत सङ्क्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

हैजा 

हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्ने रोग हो । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो सङ्ख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभई व्यापक रूपमा सम्पूर्ण भागमा असर पुर्‍याउँछ । गर्मी याममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्ने उनले सुनाए ।  

बच्ने उपायहरू

–दूषित खाना तथा पानी नखाने,

–पानी उमालेर या शुद्ध गरेर मात्र खाने,

–खाना खानुअघि अनिवार्य हात धुने,

–शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने,

–बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने,

–सडे गलेको तथा बासी खाने कुरा नखाने,

–व्यक्तिगत सफाइमा ध्यान दिने,

हेपाटाइटिस (जन्डिस):

दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गर्छ । पानीमा पाइने हेपाटाइटिस ए र ई भने गर्मीमा बढी सक्रिय हुने रोग हो । उनका अनुसार गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो भाइरस मानिसको पेटमा प्रवेश गरी स्वास्थ्यमा असर हुन्छ ।

बच्ने उपायहरुः

–सफा पानी पिउने,

–सफा खाना खाने,

–व्यक्तिगत सफाइमा ध्यान दिने ।

डेंगु सङ्क्रमणः

 डेंगु गर्मी मौसममै बढी देखिने सङ्क्रामक रोग हो । ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु सर्छ । जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा यो लामखुट्टे फैलिने गर्छ । सङ्क्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ । यो जातको लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुने चिकित्सकहरू बताउँछन् । 

बच्ने उपायहरुः

–शरीर छोप्ने गरी लुगा लगाउने,

–लामखुट्टेलाई असर गर्ने मलम शरीरमा दल्ने,

–सफा पानी जम्ने भाँडा खुला नराख्ने ।

–बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने ।

गर्मी याममा स्वास्थ्यमा केही जटिल समस्या देखिएमा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?