मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको एक दिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौँ – नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एक दिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो ।

अब एक दिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

एक दिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?