मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् नियमित काजु खानुका फाइदा

काठमाडौँ – ड्राइ फ्रुट्समध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ। यसलाई ड्राइ फ्रुट्सको राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।

काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन।

काजु खानुका फाइदा

दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।

कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।

सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । – हड्डी मजबुत गराउँछ ।

कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

अनुहारको छालामा चमक ल्याउँछ ।

कुनै साइड इफेक्ट गर्दैन ।

मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।

थकान मेटाउन सहयोग पुर्‍याउँछ ।

जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।

डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

कोलेस्टेरोल घटाउन सहयोग पु(याउँछ ।

रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।

काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।

तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?