काठमाडौँ– आजको डिजिटल युगले मानिसले गर्नुपर्ने धेरै कुराहरूमा सहजता थपिदिएको छ ।
यस्तै प्रविधिको विकाससँगै पछिल्लो समय बैङ्क तथा वित्त संस्थामा पनि डिजिटल बैङ्किङ अर्थात् अनलाइन बैङ्किङको प्रयोग व्यापक हुन थालेको छ ।
आजभोलि पहिलेको जस्तो पैसाको कारोबार गर्नका लागि बैङ्कको शाखाहरूमा धाइरहन पर्दैन । घरमै बसेर केही समयमै प्रविधिको प्रयोगबाट बैङ्कका धेरै सुविधाहरू लिन सकिन्छ ।
तर अझै पनि कतिपय मानिसहरूलाई डिजिटल बैङ्किङका फाइदाहरूका बारेमा थाहा नहुन पनि सक्छ । त्यस कारण आज हामी तपाइलाई डिजिटल बैङ्किङका फाइदाका बारेमा जानकारी दिँदै छौँ ।
यस्ता छन् डिजिटल बैङ्किङका फाइदाहरू
– घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सकिने ।
– चेक बुक र एटिएम कार्ड को लागी आवेदन दिन बैङ्कमा धाइरहनु पर्दैन ।
– घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सकिने ।
– क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सकिने ।
– पसल, सपिङ मल, होटेल आदिमा अनलाइन भुक्तानी गर्न सकिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया