मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपना घटाउन, धूम्रपान त्याग्नुहोस् 

यदि तपाई चुरोट सेवन गर्नु हुन्छ र पेटको बोसोको समस्याबाट हैरान हुनुहुन्छ भने चुरोट पिउन छोड्नुहोस् ।

धूम्रपान नगर्नेहरूको तुलनामा धूम्रपान गर्नेहरूको तौल कम हुन्छ, तर उनीहरूको आन्द्रामा बोसो बढी हुने एक अध्ययनले देखाएको छ ।

सबैभन्दा समस्या भनेको लुकेको पेटको बोसो हो, जसलाई सामान्यतया भिसेरल फ्याट भनिन्छ । यो बोसो घटाउन निकै फाइदाजनक हुन्छ । यो बोसो पेट भित्र र कलेजो, मुटु र मिर्गौला आदि वरपर पाइन्छ । यस प्रकारको बोसो पातलो पेट भएको व्यक्तिमा पनि पाइन्छ ।

धूम्रपानले शरीरमा भिसेरल बोसो बढाउने र हृदय रोग, मधुमेह, स्ट्रोक र डिमेन्सिया जस्ता गम्भीर रोगहरूको जोखिम बढाउने प्रमाण अध्ययनबाट अनुसार फेला पारेको छ । अध्ययनले धूम्रपान सुरु गर्दा पेटको बोसो बढ्ने देखाएको छ । 

पेटको बोसो फिगरलाई मात्र बिगार्दैन, यसले स्वास्थ्यलाई पनि असर गर्छ । जसका कारण मुटु र कलेजो सम्बन्धी समस्या आउन सक्छ । अध्ययन नतिजा अनुसार धूम्रपान गर्नेहरूको पेटको बोसो मुख्य रूपमा भिसेरल फ्याट थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?