१. औषधि शुरु गर्दा
बिरामीले औषधि शुरु गर्दा आफूले खाने औषधिको नामबारे राम्रोसँग जानकारी दिनुपर्छ । साथै उक्त औषधि किन प्रयोग गरिरहेको छु भन्ने जानकारी लिएर मात्र औषधि प्रयोग गर्नुपर्छ । औषधि सेवन गर्नुअघि सो औषधि खान सिफारिस गर्ने चिकित्सकलाई औषधि सेवन गर्दा हुन सक्ने जोखिम र असर (साइड इफेक्ट) बारे राम्रोसँग सोधपुछ गर्नुपर्छ ।
२.औषधि सेवन गर्दा
– औषधि सेवन गर्दा बिरामीले औषधि खाने समय र कति मात्रामा खाने भनेर राम्रोसँग जानकारी दिएर सोही अनुसार औषधि प्रयोग गर्नुपर्छ ।
–रोग लागेर औषधिको प्रयोग गर्दा सामान्य साइड इफेक्टहरु देखिन्छ । तर कहिलेकाहीँ जटिल किसिमको साइड इफेक्ट पनि देखिन सक्छ । त्यसैले औषधि सेवन गर्दा साइड इफेक्ट देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
३. औषधि थप्नु पर्दा
कहिलेकाहीँ चिकित्सकले सिफारिस गरेको औषधिको मात्रा पुरा भइसक्दा पनि रोग ठिक नहुन सक्छ । त्यस्तो अवस्थामा थप औषधि खानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफूले स्वास्थ्य जाँच गराएको चिकित्सकसँग थप औषधि खान पर्ने वा नपर्नेबारे राम्रोसँग जानकारी लिनुपर्छ ।आफूलाई रोग ठिक नभएको भएमा र थप औषधि आवश्यक भएमा मात्र थप औषधि खानुपर्छ । औषधि थप्दा आफूले सेवन गरिरहेको औषधिले असर गर्ने नगर्ने बारे पनि जानकारी लिनुपर्छ ।
४.औषधिको समीक्षा
बिरामीले औषधि सेवन गर्दा कति अवधिसम्म खानुपर्ने हो भनेर राम्रोसँग जानकारी लिनुपर्छ । साथै आफूले लिइरहेको औषधि ठिक छ वा छैन भनेर विचार गर्नुपर्ने हुन्छ ।
५. औषधि सेवन बन्द गर्दा
औषधि रोग लाग्दा निको हुनका लागि मात्र प्रयोग गरिन्छ । त्यसैले औषधि सेवन गर्ने पनि निश्चित समय हुन्छ । दीर्घ रोगका बिरामीले खाने औषधि बाहेक अन्य सङ्क्रमणबाट हुने रोगका औषधि सीमित समयसम्म मात्र खानुपर्ने हुन्छ । रोग निको भइसकेपछि पनि औषधि सेवन गरेमा त्यसको नकारात्मक असर हुनसक्छ । त्यसैले औषधि सेवन गर्दा कहिलेसम्म सेवन गर्नुपर्ने हो भन्ने बारे जानकारी लिनुपर्छ । चिकित्सकले सिफारिस गरेको अवधि सम्म मात्र औषधि सेवन गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया