मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यग्रहणका कारण सडक दुर्घटना बढ्न सक्ने वैज्ञानिकको अनौठो चेतावनी

काठमाडौँ– आगामी अप्रिल ८ अर्थात् चैत्र २६ मा खग्रास सुर्यग्रहण लाग्दै छ । जसलाई अमेरिकाको अधिकांश भागबाट देख्न सकिनेछ ।

सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटना भए पनि यस पटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरूले अनौठो खालको चेतावनी जारी गरेका छन् । 

भारतीय मिडियाका अनुसार वैज्ञानिकहरूले अप्रिल ८ मा हुने खग्रास सूर्यग्रहणले सवारी दुर्घटनाहरू समेत निम्त्याउने चेतावनीले दिएका छन् । यसअघि सन् २०१७ अमेरिकाबाटै देखिएको खग्रास सूर्यग्रहण पनि सडक दुर्घटनामा तीव्र रूपमा वृद्धि भएको बताइएको छ । 

सोही घटनालाई आधार मान्दै वैज्ञानिकहरूले यो पटकको खग्रास सूर्यग्रहणका बेला पनि सडक दुर्घटना बढ्ने आङ्कलन गरिएको जामा ईन्टर्नल मेडिसिन जर्नलमा छापिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

टोरेन्टो विश्वविद्यालयका चिकित्साशास्त्रका प्राध्यापक तथा उक्त रिपोर्टका सहलेखक डाक्टर डोनाल्ड रिडेलमियरका अनुसार खग्रास सूर्यग्रहणको एक घण्टाका दौरान सडक दुर्घटना बढी भएका थिए । 

डाक्टर रिडेलमियरका अनुसार आमरुपमा सूर्यग्रहण पछिको समयमा अधिकांश सडक दुर्घटना हुने गरेको देखिन्छ । 

डाक्टर रिडेलमियर तथा डाक्टर जोन स्टेपल्सले सन् २०१७ मा सूर्यग्रहणभन्दा अगाडि र त्यसपछिको समयमा भएका सडक दुर्घटनाहरुको वारेमा गरिएको अध्ययनबाट खग्रास सूर्यग्रहणका कारण सडक दुर्घटनामा ३१ प्रतिशतले वृद्धि भएको देखाएको थियो ।

जसमा प्रकाशमा अचानक हुने परिवर्तन पनि दुर्घटनाको कारणको रूपमा देखाइएको बताइएको छ । जसको कारण पाथ अफ टोटालिटी अर्थात् ग्रहणका बेला अँध्यारो र मानिसहरू ठाउँ ठाउँमा जम्मा भएर सूर्यग्रहण हेर्नु पनि रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?