मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाका संसारलाई उजागर गर्ने यस्ता छन् कलासिर्जनाहरु

काठमाडौँ– महिला कलाकारहरुको कलाको सम्मान र प्रोत्साहनका निम्ति महिलाहरुद्वारा नै सिर्जना गरेका चित्रकलाहरुको सामूहिक प्रर्दशनी गरिएको छ ।

पाटन चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा चैत्र १० गतेदेखि ‘इनस्पायर इन्कुलुजन’ शीर्षकमा शुरु गरिएको सामूहिक चित्रकला प्रर्दशनीमा २९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

कला प्रदर्शनीलाई ललितपुर उपमहानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, फिल्मकर्मी तथा साहित्यकार प्रकाश सायमी, ग्यालरीकी निर्देशक तथा कलाकार सरिता डंगोल लगायतका उपस्थितिमा शुरु गरिएको हो ।

ग्यालरीले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कलाकारहरुका मला प्रदर्शनी गर्दै आएको छ ।
नेपाली कला इतिहासको सन्दर्भमा महिला कलाकारको चर्चा र संलग्रता न्यून देखिन्छ ।

वर्तमान समयसम्म आइपुग्दा महिला कलाकार समक्ष र सबल रुपमा कला क्षेत्रमा अगाडी बढिरहेका छन् । तथापी व्यस्त जीवनशैलीकका कारण र आफ्नो लैंगिक जिम्मेवारीमा पनि बढी अल्झिनु पर्ने बाध्यताले महिला कलाकारहरु कलाकारितामा भिज्न सकेका छैनन् ।

यस कारण पूर्ण समय र सहज वातावरणमा सम्पूर्ण महिलाहरुको क्षमतालाई मध्यननर गर्दै कला प्रदर्शनीमा सहभागी हुने अवसर प्रदान गरिएको ग्यालरीकी निर्देशक डंगोलले बताइन् ।

महिला विकास र सशक्तिकरणका निमित्त क्लासिक ग्यालरीले कला मार्फत् निरन्तरताका सहायता गरिरहको उनको मत छ । प्रर्दशनीमा चित्रकलामा १७ जना, प्रिन्टमेकिङबाट ७ जना, सेरामिकबाट ५ जना कलाकारहरु सहभागी छन् ।

कलाकारहरुको सिर्जनामा आ–आफ्नो अनुभूति तथा समाजमा भइरहेको घटना, समसमायिक विषयमा आधारित कलाकृतिहरु सिर्जना गरेका छन् ।

प्रर्दशनीले महिलाहरुको सिर्जनालाई थप प्रोत्साहन र सम्मान मिल्ने बताउँदै उपमेयर शाक्यले आगामी दिनमा सहायताका लागि आफू तयार भएको प्रतिवद्धता जाहेर गरिन् ।

वैशाख ८ गते सम्म जारी रहने प्रदर्शनीमा सम्झना राजभण्डारी, सुनिता राणा, मुना भडेल, सौरगंगा दर्शनधारी, नम्रता सिंह लगायतका कलाकारहरुकाे कलाकृतिहरु प्रदर्शनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?