मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् स्वादिलो च्याउका स्वास्थ्यवर्द्धक गुण

काठमाडौँ – फरक स्वाद तथा चिल्लोरहित भएकाले च्याउ अहिले धेरैको रोजाईको खानेकुरा हो । शाहाकारी र मांसहारी दुबैको रोजाई बन्दै गएको च्याउले यसको स्वादिलोपनाले भान्सामा  नियमित जसो स्थान पाउने गरेको छ । 

नचिनेर तथा जङ्गलमा पाइने विषालु च्याउ खाँदा ज्यान जाने खतरा भए पनि घरमै उत्पादन गरेको र सावधानी अपनाएर च्याउ खाँदा यसका धेरै फाइदा छन् । जसबारे हामी चर्चा गर्दै छौँ । 

क्यान्सरविरुद्ध लड्न क्षमताका लागि

च्याउले महिलामा हुने स्तन क्यान्सरविरुद्ध लड्ने क्षमता विकास गर्छ । ओयस्टर, प्रोटोवेलो, क्रिमिनी तथा ह्वाइट बटम प्रजातिका च्याउ नियमित खाँदा सम्भावित स्तन क्यान्सरबाट जोगिने एक अध्ययनले देखाएको छ । साथै, सिताके च्याउमा हुने लेन्टिनन तत्त्वले किमोथेरापी गर्दा शक्ति प्रदान गर्ने अध्ययनले देखाएको छ । लेन्टिनन तत्त्वले ट्युमरको वृद्धिदर पनि कम गर्छ ।

इम्युनिटी पावर बढाउन

यसमा हुने फुंगी नामको चिनी र लेन्टिनन तत्त्वले शरीरभित्र एक प्रकारको शक्ति उत्पादन गर्छन् । शरीरमा इम्युनिटी पावर बढाउन लेन्टिनन महत्त्वपूर्ण मानिएको छ । च्याउमा विभिन्न किसिमको वेटा गुल्कान हुन्छ । यसले शरीरलाई थप बलियो बनाउन मद्दत गर्छ । 

शरीरको विकार हटाउने

 सिताके, ह्वाइट बटम, ओयस्टर, हनी तथा इनोकी यी सबै च्याउमा हुने भिटामिनले शरीरमा उत्पन्न हुने अनावश्यक विकार नष्ट गर्छ । रियसी नामक च्याउले ट्युमर र अन्य डरलाग्दो रोग हुनबाट जोगाउँछ । यो च्याउ विशेष गरी पूर्वी एसियामा शताब्दीदेखि प्राकृतिक औषधि उपचारका निमित्त प्रयोग हुँदै आएको छ ।

भिटामिनको स्रोत

अन्य खानेकुराको तुलनामा च्याउमा धेरै प्राकृतिक भिटामिन हुन्छ । विज्ञहरूका अनुसार बटम च्याउमा भिटामिन डीको मात्रा अधिक हुन्छ । क्रिमिनिस च्याउमा भिटामिन डी र भिटामिन बी–१२ को मात्रा पनि हुन्छ । भिटामिन बी शरीरका लागि अति आवश्यक तत्त्व हो ।

यसले शरीरमा ऊर्जा दिने गर्छ । च्याउमा पाइने भिटामिन डीले शरीरमा आवश्यक क्याल्सियम पनि विकास गर्छ भने यसले शरीरको हड्डी मजबुत बनाउन मद्दत गर्छ । भिटामिन डीको अर्को महत्त्वपूर्ण पाटो भनेको यसले शरीर सधैँ स्वस्थ राख्छ, दाँत र कपालसमेत राम्रो बनाउँछ । 

कोलेस्ट्रोल र ब्लडप्रेसर कम गर्ने

यो एक स्वस्थकर डाइटमा हो । किनभने, यो कोलेस्ट्रोलरहित मात्र छैन यसमा रहेको काइटेन तथा वेटा ग्लुकानले शरीरको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । केही अध्ययनले यो देखाएको छ कि पिंक ओयस्टर मसरुमले रगतमा भएको खराबीको स्तर कम पार्छ । च्याउमा भएका विविध तत्त्वले रक्तप्रवाहमा हुने रोकावटलाई पनि हटाउँछ । पोषणविज्ञहरूले नियमित रूपमा च्याउ खाँदा रक्तनली सफा रहने र रक्त प्रवाह एकनास बनाउने बताएका छन् । 

डर कम गर्ने

कतिपय कारणबाट मानिसहरू डिप्रेसनको सिकार बन्ने गर्छन् । साइकेडेलिक तत्त्वले उनीहरूलाई तनाव र डिप्रसेसनमा लैजान मद्दत गरिरहेका हुन्छन् । यस किसिमको डरबाट मुक्ति पाउन च्याउ नियमित रूपमा खान विज्ञहरूको सुझाव छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?