मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाको यस्तो शहर, जहाँ बसेवापत १३ लाख नगदसहित जागीरको व्यवस्था समेत हुन्छ

काठमाडौँ– इटलीमा यस्ता धेरै गाउँ छन्, जहाँ मानिसहरु बस्न नै चाहँदैनन् । त्यहाँका मनिसहरु गाउँ छाडेर शहर पसेका छन् ।

ती गाउँहरुमा आजभोलि कोही बस्दैनन् । जस कारण त्यहाँको सस्ंकृति नै लोप हुने खतरामा रहेको बताइएको छ । यसकारण त्यहाँको सरकारले विभिन्न अफरहरु दिएर बाहिरी देशका मानिसहरु ल्याउन खोजिरहेको छ ।

यस्तै अमेरिकाको एक शहरमा पनि बाहिरी मानिसहरु ल्याउनका लागि आठ लाख रुपैयाँ सहित जागीरको समेत अफर दिइएको छ ।

अमेरिकाको ओक्लाहोमामा तुलसा नामक एउटा शहर छ । जसलाई दुनियाँकै सबैभन्दा सानो शहर भनेर पनि चिचिन्छ ।

यहाँको जनसङ्ख्या लगभग ४ लाख ११ हजार मात्रै छ । अर्को रोचक कुरो त के छ भने, यहाँ हरेका वर्ष लाखौँको सङ्ख्यामा पर्यटकहरू पनि जाने गर्दछन् । जनसङ्ख्या बढाउने लक्ष्य त्यहाँको स्थानीय सरकारले लिएको बताइएको छ ।

त्यसकारण ठूल्ठूला प्रलोभन त्यहाँको स्थानीय सरकारले दिइरहेको मिडिया रिपोर्टहरूमा उल्लेख गरिएको छ ।

तुलसा रिमोट प्रोग्राम वेबसाइटमा अफरका बारेमा जानकारी दिँदै कुनै नयाँ सुरुवात गर्न चाहनेहरुलाई तुलसा स्वागत गर्नका लागि तयार रहेको बताएको छ ।

‘तुलसालाई आफ्नो ठेगाना बनाउनुहोस्, हामी तपाइलाई नयाँ घर बनाउनका लागि १० हजार डलर सहयोग गर्छौं, यो कार्यक्रमको लक्ष्य तुलसाको जनसङ्ख्या बढाउनु हो । प्रशासन तपाईलाई पुरा सहयोग गर्नेछ,’ वेबसाइटमा लेखिएको छ ।

तर यसका लागि केही शर्तहरु पनि पालन गर्नुपर्नेछ । यदि तपाई तुलसा जानका लागि तयार हुनुहुन्छ भने तपाईसँग अमेरिकाको लागि जारी गरिएको वर्किङ भिसा अनिवार्य रुपमा हुनुपर्नेछ ।

यस्तै कमसेकम १ वर्ष अन्य काम गरेको कार्य अनुभव, १८ वर्ष नाघेको, आवेदन स्वीकृत भएपछि कमसेकम १ वर्ष तुलसामा बस्ने सम्झौतासहित ३० मिनेटको अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?