काठमाडौँ – बिहानै उठेर खाली पेटमा कागती पानी पिउनुका अनेकौ फाइदा छन् । विषेश गरी मेटोपना घटाउनका निम्ति खाली पेटमा कागती पानी पिउने गरेको पाइन्छ । चाहे गर्मीको समयमा होस् वा जाडोको होस् कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो ।
कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएकोले पनि कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । यसले खानाको स्वाद मात्र बढाउँदैन यसमा औषधिय तथा सौन्दर्य बर्धक गुण समेत रहने गर्दछ । कागती स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ ।
ध्यान दिनु पर्ने कुरा
१. दाँतमा समस्या छ भने कागती पानी पिउनाले दाँतलाई असार गने गरेको पाइएको छ ।
२. एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्या भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन ।
३. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाब आउँछ । बारम्बार शरीरबाट पिसाब जाँदा पनि डिहाइड्रेशनको समस्या हुन सक्छ ।
४. धेरै कागती पानीले एसिडिटी त बढाउँछ नै पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन मद्दत गर्छ । जसले पाचन प्रणाली समेत खराब गर्न सक्छ ।
५. कागती पानीमा अक्सलेट्स पाइने भएका कारण यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्न सक्छ ।
६. धेरै तातो पानी र कागती पिउँदा त्यति धेरै फाइदा नहुने गरेको पाइन्छ । तर मनतातो पानी र कागती पिउँदा धरै फाइदा लिन सकिने जानकारहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया