मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने त्रिविको निर्णय

काठमाडौँ –  स्नातक तह परिक्षाको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा  बनाउने त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । अब वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने छ । 

आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ ।

विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो ।

साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?