मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भृकुटीमण्डपमा नेशनल हर्टिकल्चर एक्सपो मेलाकाे आकर्षण

काठमाडौँ– ‘नेशनल हर्टिकल्चर एक्सपो–२०८० राष्टिय बागवाणी प्रदर्शनी मेला’ भृकुटी मण्डपमा शुक्रवारबाट शुरु भएको छ ।

नर्सरी व्यवसायीसंघले पहिलोपटक नेशनल हर्टिकल्चर एक्सपो मेलो गरेको हो । शुक्रवार वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले मेलाको उद्घाटन गरे ।

नेपालमा उत्पादित फलफूल तथा नर्सरी जडीबुटी विदेशमा निर्यात गर्नेगरी उत्पादन गर्न व्यवसायीहरुलाई सुझाएका छन् । नेपालको उत्पादन भन्दा बढी फूल तथा नर्सरी धेरै गुणा बढी विदेशबाट आयात गर्नुपर्ने अवस्था दुखद भएको मन्त्री शाहले बताए ।

‘नर्सरी तथा फलफूल व्यवसायलाई सरकारी तवरबाट खासै सहयोग छैन । नर्सरी व्यवसाय कृषि पर्यटन र वन मन्त्रालय भित्र पर्ने भएकाले अब छिटै तिनैवटा मन्त्रालयको समन्वयमा बैठक बसी समस्या समाधान गर्नेछु’, उनले भने ।

पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाले वार्षिक रुपमा साढे तिन अर्ब पुष्प र आलंकारीक बिरुवाहरुको वार्षिक कारोवार नेपालमा भैरहेको तथ्यांक प्रस्तुत गर्दै फलफूल तथा कृषि वन जडीबुटी उत्पादनमा व्यवसायीहरुलाई सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा ‘दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८०’ बाट हेमकान्त तिमल्सिना र ‘विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान’बाट शिव बहादुर खड्कालाई सम्मानित गरियाे।

संचार नेशनल हर्टिकल्चर एक्सपो नेपालमा पहिलो पटक भएको हो । मेला चैत्र १९ गतेसम्म भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?