काठमाडौँ– आजभोलि सानोदेखि ठुलो भुक्तानी वा विज्ञापनमा लगायतका कामहरू गर्नका लागि धेरैजसो ठाउँमा क्युआर कोडहरू राखिएका हुन्छन् ।
यदि तपाईँले स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने वाईफाई कनेक्ट गर्नकै लागि भए पनि क्युआर कोड स्क्यान गर्नुभएको छ होला ।
तर, के तपाईँलाई थाहा छ ‘क्युआर कोड’ कोड भनेको के हो र यसले कसरी काम गर्छ रु आज हामी तपाईँलाई क्युआर कोड भनेको र यसले कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिनेछौ ।
क्युआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक यसको प्रयोग गरेको मानिन्छ ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्युआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ । जसलाई स्क्यान गर्दा ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्छ ।
यस्ता छन् क्युआर कोडका फाइदा
– क्युआर कोडका माध्यमबाट अहिले अर्बौँ, खर्बौँसम्मको रकम क्युआर कोडबाट हुँदा कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ ।
– उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत हुन्छ ।
– क्युआर कोड प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया