दैनिक रूपमा अत्यधिक मात्रामा बस्ने वा कुनै शारीरिक व्यायाम नगर्ने जीवनशैलीलाई निष्क्रिय जीवनशैली भनिन्छ ।
निष्क्रिय गतिविधिहरूमा अत्यधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, काम वा स्कुलमा बस्ने र यात्रा गर्ने जस्ता गतिविधि पर्दछन् ।
प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन् तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिलाई भने सीमित गरेको छ ।
जो व्यक्ति नियमित शारीरिक गतिविधिबाट टाढा रहन्छन्। निष्क्रिय जीवनशैली अपनाउँछन् उनीहरूमा स्वास्थ्य समस्या अवश्य निम्तन्छ ।
–लामो समयसम्म बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन्। दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धूम्रपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ ।
–बढ्दो निष्क्रिय व्यवहारका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि भइरहेको छ ।
–बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ । यसको प्रभावले उनीहरूले अत्यधिक समय स्क्रिनजन्य उपकरणमा बिताइरहेका छन् ।
–निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ । मांसपेशीहरू अन्ततः कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न छोड्छन्।
–दैनिक ५ घण्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक १ प्रतिशतले मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ । यसले गर्दा बारम्बार थकान महसुस हुन्छ । अध्ययनले देखाएअनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या बढी हुने गर्छ ।
–मानिसमा निष्क्रिय जीवनशैली र बढ्दो खाने बानिले गर्दा शरीरमा अनावश्यक तौल बढ्ने गर्दछ जसका कारण मधुमेह हुने सम्भावना उत्तिकै हुन्छ । निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ विशेष गरी भिटामिन बी र डी को कमीले हाडजोर्निको समस्या निम्त्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया