मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो सपना देख्दा के फल मिल्छ ?

सपनाका विषयमा केही भ्रम र केही यथार्थ हुन्छ भन्ने मान्यतामा मानिसहरू हुन्छन् । कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ ।

सपना देख्नु स्वाभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ सङ्केत गर्छ भन्ने जनविश्वास छ ।

ज्योतिष शास्त्रअनुसार कस्तो सपना देख्दा के कस्तो फल मिल्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ :

बत्ती बालेको देखे – नयाँ अवसर पाउने

आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

 मासु – आकस्मिक धन लाभ

बिदाइ समारोह – धन-सम्पत्तिमा वृद्धि

भाँचिएको छत देख्नु- हराएको धन प्राप्ति

सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

पन्जा देखे- अचानक धन लाभ

सिंह जोडी देखे – दाम्पत्य जीवन सफलता उन्मुख

मैना देखे – उत्तम स्वास्थ्य

आभूषण देखे – कुनै काम पूरा हुने

मोटो गोरु देखे – अन्न सस्तो हुने

चामल देखे – शत्रुता समाप्त

पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

 कुनै फलको बीउ देखे – शीघ्र धन लाभ

खुला दरबार देखे – नयाँ व्यक्ति मित्रता बन्न सक्ने

बन्द दरबार देखे- धनको नोक्सान

खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

चस्मा लगाएको देखे – ज्ञान बढ्ने

पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

जामुन खाएको देखे- समस्या टाढा हुने

जुवा खेलेको देखे – व्यापारमा लाभ

खच्चर देखे – धन सम्बन्धी समस्या

समाधि गरेको देखे – सौभाग्य प्राप्ति

आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

लडाई देखे – प्रसन्नता प्राप्त

लडाइँमा मरेको देखे – राज प्राप्तिको योग

गोबर देखे – पशुको व्यापारमा लाभ

सुपारी देखे – रोगबाट मुक्ति

लट्ठी देखे – आराम प्राप्ति

खाली बैल गाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धनको प्राप्ति

लास देखे – बिमारी टाढा

चुरा देखे – सौभाग्य वृद्धि

धन उधारो देखे – अत्यधिक धन प्राप्ति

चन्द्रमा देखे – सम्मान मिल्ने

चाँदी देखे – धन लाभ

खेतमा पाकेको गहुँ देखे – धन लाभ

फल-फूल खाएको देखे – धन लाभ

चस्मा लागेको देखे – ज्ञानमा वृद्धि

रातो फूल देखे – भाग्य चम्कन सक्ने

सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?