काठमाडौँ– फिल्म ‘रुखान’मा नायक आर्यन अधिकारीले मोडल तथा कलाकार नीति शाहसँग जोडी बाँध्ने भएका छन् । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा आर्यनले समेत अभिनय गर्ने निर्माण टिमले जनाएको छ ।
निर्देशक सविरले फिल्मको कथाअनुसार आर्यन र नीतिको जोडी सुहाउँदो लागेकाले यस्तो निर्णय गरिएको बताए । आर्यन केही समययता फिल्म क्षेत्रमा त्यति सक्रिय थिएनन् ।
यो फिल्म नेपालीसहित अङ्ग्रेजी, भोजपुरी र हिन्दी भाषामा समेत गरी चार भाषामा निर्माण गरिने निर्माण हुने फिल्म टिमको दाबी छ ।
डा. रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।
यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
यो फिल्मले सिंगो देशको नागरिकहरुले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ । फिल्मले मुख्यतया महिला सङ्घर्षको कथा भन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया