व्रत बस्दा धार्मिक फल प्राप्त हुने विश्वास रहँदै आएको छ । तर व्रतलाई स्वास्थ्यसँग जोडिएर हेरिन्छ । कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौल घटाउन व्रत बस्ने गर्छन् ।
व्रत बस्नुको अनेकौँ फाइदाहरू छन् । व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ । तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्याउँछ ।
सबै व्यक्तिले व्रत बस्न मिल्दैन । बालबालिका, गर्भवती, स्तनपान गरिरहेका महिला र दीर्घ रोगीहरूले व्रत बस्न नमिल्ने पोषणविद् बताउँछन् ।
– व्रतले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ । मस्तिष्क स्वास्थ्यमा व्रतले बढी फाइदा गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ ।
यही समय व्रत बस्दा बढी फाइदा हुन्छ भन्ने त्यस्तो कुनै समय भने छैन । जीवनशैली, स्वास्थ्य, उमेर, खानपान अनुसार व्रत बसेको राम्रो हुन्छ । कुनै रोग छ भने पोषणविद् तथा चिकित्सकसँग सल्लाह गरेर मात्र व्रत बस्नुपर्छ ।
व्रत बस्दा नगर्नुहोस् यस्तो भूल :
–पानी पनि नखाई गरिने व्रत सबैभन्दा ठूलो गल्ती हो । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ ।
–पानी पनि नखाई गरिने व्रतले तत्काल शरीरको तौल घटे पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । जुस, दूध, फलफूल खाएर गरिने व्रतले पनि स्वास्थ्यलाई फाइदा नै गर्छ । तर यस किसिमको व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्छ ।
– व्रत सबैले गर्न मिल्छ या सबैलाई व्रतबाट फाइदा नै पुग्छ भन्ने हुँदैन । बालबालिका, गर्भवती, स्तनपान गराइरहेका महिला, वृद्ध वृद्धा, मधुमेह, मिर्गौलाका रोगी, दीर्घ रोगीहरूले व्रत मिल्दैन। शारीरिक तौल निकै कम भएको व्यक्तिले पनि व्रत बस्न मिल्दैन ।
– सामाजिक सञ्जालमा देखिएका र भनिएका कुराको पछि लागेर व्रत बस्नु हुँदैन । र अरूले भनेको आधारमा नभई आफ्नो आवश्यकता अनुसार मात्र व्रत बस्नलाई चिकित्सकहरू सुझाव दिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया