काठमाडौँ – हाल कोशी र मधेश प्रदेशमा साधरणतया बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहँदा कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
यसको प्रभाव आज दिउसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया