मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कविता : तिमि सँग धेरै पहिलेको चिनाजानी…

गोबिन्द राज ओझा (राजन)

तिमि सँग धेरै पहिले चिनाजानी भएको थियो
किन मलाई भेटौँ भेटौँ लागिरहेको थियो।।

मनमा शीतलता ल्याउन कोसिस गरेको छु
मायाले मनमा न्यानोपन ल्याउन खोजेका छौ ।
तिम्रो बारेमा लेखेको गीत गाउन खोजेको छु
मनमा मायाले उज्यालो ल्याउन खोजेको छु ।

तिम्रो रूप मेरो मन भित्र खोजिरहे
मायाले मन छुने गरी भन्न खोजिरहे ।
तिम्रो बारेमा जान्न खोजेको छु
त्यो मोहनी रूपलाई चिन्न खोजेको छु ।

तिमि सँग धेरै पहिले चिनाजानी भएको थियो
किन मलाई भेटौँ भेटौँ लागिरहेको थियो ।।

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?